नियम
व्यक्तिगत इजाजतपत्रको लागि दरखास्त दिने

(१) ऐनको दफा ७ को प्रयोजनको लागि मृगौला प्रत्यारोपण सेवा उपलब्ध गराउन चाहने चिकित्सकले व्यक्तिगत इजाजतपत्रको लागि अनुसूची–१ बमोजिमको दस्तुर तथा अनुसूची–४ बमोजिमको योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि समेत संलग्न गरी अनुसूची–७ बमोजिमको ढाँचामा समिति समक्ष दरखास्त दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दरखास्त परेपछि समितिले आवश्यक जाँचबुझ गर्दा त्यस्तो चिकित्सकले अनुसूची–४ बमोजिमको योग्यता प्राप्त गरेको देखिएमा दरखास्तवाला चिकित्सकलाई ऐनको दफा ८ को प्रयोजनको लागि अनुसूची–८ बमोजिमको ढाँचामा मृगौला प्रत्यारोपण सेवा उपलब्ध गराउने व्यक्तिगत इजाजतपत्र प्रदान गर्नेछ ।